जकार्ता। इन्डोनेशियामा राजधानी जकार्तासहित विभिन्न शहरमा विरोध प्रदर्शन चर्केको छ। सांसदहरूको भत्ता र शिक्षा बजेटलगायत विषयमा भइरहेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले बल प्रयोग गरेको छ।
प्रहरीको गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मृत्यु भएपछि शुक्रबार आन्दोलन चर्केको छ। संसद भवन नजिकै बिहीबार भएको भिडन्तमा बख्तरबन्द प्रहरी गाडीले ३४ वर्षीय चालक आफान कुर्नियावानलाई ठक्कर दिएको थियो।
शुक्रबार सयौँ प्रदर्शनकारीले संसद र प्रहरी मुख्यालय अगाडि भेला भई नारा लगाएका थिए। राष्ट्रपति प्रभोवो सुबिआन्तोले मृतकप्रति समवेदना व्यक्त गर्दै छानबिनको आदेश दिएका छन्।
अशान्तिकाबीच इन्डोनेशियाली रुपियाले अमेरिकी डलरसामु ०।९ प्रतिशत अवमूल्यन भयो भने सेयर बजार २।३ प्रतिशतसम्म गिरावटमा पुगेको थियो।