काठमाडौँ। बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलबार एट्लेटिको मड्रिडविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको छ।
क्याम्प नोउमा घरेलु टोलीका लागि राफिन्हा, ड्यानी ओेल्मो र फेरान टोरेसले एक एक गोल गरे। एट्लेटिकोका लागि एले बाइनाले गोल गरे।
खेलको सुरुवातमा १-० ले पछाडि परेको बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै शानदार जित निकालेको हो। खेल सुरु भएको १९ औं मिनेटमा मड्रिडका एलेक्स बाएनाले गोल गर्दै बार्सिलोनालाई पछाडि पारेका थिए। खेलको २६ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेल बराबरीमा फर्काए।
खेलको ६५ औं मिनेटमा डामी ओल्माले बार्सिलोनालाइर्ए अग्रता दिलाए भने ९० मिनेटपछिको अतिरिक्त समयमा फेरान टेरेसले थप गोल गर्दै ३-१ को शानदार जित दिलाएका हुन्।