काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ मंसिर २०८२
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सहित मन्त्रीहरू अनुपस्थित भएपछि बैठक २ बजेसम्मका लागि स्थगित भएको छ।

उपसभामुख बबिता राउत ईशरले प्रदेश सभाको बैठक सञ्चालन गर्दै बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित भएको बताउँदै बैठक २ बजेसम्मका लागि स्थगित भएको जानकारी दिईन।

बिहान साढे आठ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक ढिलो गरी सुरु भएको थियो। करिब साढे बजेदेखि सुरु भएको बैठकमा सरकारका मन्त्री र मुख्यमन्त्री नै अनुपस्थित भएपछि बैठक २ बजेसम्मका लागि सारिएको छ।

मुख्यमन्त्री यादवले २ बजे प्रदेशसभामा विश्वासको मत लिन पत्राचार गर्ने पनि कार्यव्यवस्था परामर्श समितिले साढे आठ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका थिए त्यसपछि असन्तुष्ट हुँदै मुख्यमन्त्री बैठकमा अनुपस्थित भएका छन्। तर नेकपा एमालेका केही प्रदेशसभा सदस्यहरू बैठकमा उपस्थित भएका थिए।

प्रदेश सभाको बैठकमा एकमात्र कार्यसूची मुख्यमन्त्रीको विश्वासको मत रहेको छ। अहिलेसम्मको समीकरण अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना भने न्यून देखिएको छ।