काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच थियानजिनमा भेटवार्ता भएको छ।
शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन पुगेका ओली र सीबीच द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ।
ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सको विमानमार्फत थियानजिनमा पुगेको थियो। चीनका उच्च अधिकारी र नेपालका लागि चीनका राजदूतहरूले उनको स्वागत गरेका थिए।