काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१८ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

विराटनगर। प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।

बुधबार कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहले विराटनगर महानगरपालिका-१८ का रवि साहलाई पक्राउ गरेको हो।

चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को२४प ७९८४ नम्बरको मोटरसाइकलमा चालक साहलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनको साथबाट स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय नेपाली रुपैयाँ बरामद भएको छ। परेका उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ।