बारा। प्रतिबन्धित लागुऔषधसहित बाराबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिहार मोतिहारी जिल्ला हरपुर पञ्चायत-१२ का ३२ वर्षीय मोहम्मद इमरान रहेका छन्।
बुधबार दिउँसो साढे ३ बजे इमरालाई विश्रामपुपर गाउँपालिका-१ बटमचोकबाट पक्राउ गरिएको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले बताए।
इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको टोलीले बीआर०५एएम ६१५२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका इमरानलाई चेकजाँच गरेको थियो।
इमरानको जोलाबाट अल्प्राजोलाम एक एमजीको ६२० ट्याबलेट र अल्प्राजोलाम ०.५ एमजीको ७८० ट्याबलेट बरामद भएको कुँवरले बताए।
उनलाई छतवा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।