काठमाडौं। इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्यामले १-१ गोलले बराबरी खेलेका छन् ।
युनाइटेडका डिएगो डालोटले ५८औं मिनेटमा पहिलो गोल गरेका भए पनि त्यसलाई युनाइटेडले जोगाउन सकेन। वेस्टह्यामका लागि मिडफिल्डर सोनगाउटाउ मागास्साले ८३औं मिनेटमा गोल गरेर म्यान्चेस्टरलाई हिस्स पारे।
यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको १४ खेलमा २२ अंक भएको छ र लिगमा आठौ स्थानमा रहेको छ। त्यस्तै वेस्टह्यामको १४ खेलमा १२ अंक रहेको छ र हाल १८औं स्थानमा रहेको छ।