काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलाको ३ हजारले बढेर २,०३,६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुनको मूल्य तोलाको २,०६,००० रुपैयाँ थियो। यो मुल्य वृद्धि संगै सुनले नयाँ कीर्तिमान बनाएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज उल्लेख्य रुपमा बढेको छ। महासङ्घका अनुसार चाँदी आज तोलामा ६५ रुपैयाँले बढेर २,४२५ रुपैयाँमा पुगेको छ, जुन शुक्रबार २,३६० रुपैयाँमा कारोबार भइरहेको थियो।