काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२२ मंसिर २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। गृह मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जना नाम प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यो व्यवस्था गर्नेसम्बन्धी आजै मन्त्रीस्तरीय निर्णय गरेका हुन्।

गत २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको थियो। सहिद घोषणासम्बन्धी सूचना गत १७ कात्तिकमा राजपत्रमा प्रकाशित भएको थियो।