काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा शुभकामना दिन नेकपा एमालेले पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएको छ।
अध्यक्ष केपी शर्मा ओलीकी सचिवालय प्रमुख निरुदेवी पालका अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियानअन्तर्गत सुदूरपश्चिम पुगेका कारण ज्ञवाली जाने भएका हुन्।