काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

२४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत बहुविवाह गर्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाललाई पक्राउ गरिएको छ।

उनलाई बहुविवाह मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। प्रहरीका अनुसार नेपालकै पत्नीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो। उनको दोस्रो पत्नीको भने खोजी भइरहेको छ।

नेपाललाई जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई मंगलबार नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

कार्कीका अनुसार रुपन्देही जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी नेपाललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिएको छ। उनीमाथि बहुविवाहबारे थप अनुसन्धान भइरहेको छ।