काठमाडौँ
००:००:००
१ पुष २०८२, मंगलवार

१ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

हेटौँडा। मकवानपुरको बकैया गाउँपालिका ७‚ अँधेरीमा आज (मंगलबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन्।

लु.५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका ७ अँधेरीका ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

दुर्घटनामा घाइते २२ जनामध्ये सख्त घाइते तीनैजनाको हेटौँडास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बोगटीले बताए।

बोगटीका अनुसार घाइतेमध्ये केहीको हेटौँडा अस्पताल तथा केहीको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।