काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान र एपीएफ क्लबकी अग्रणी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) व्यावसायिक फुटबल यात्राका लागि न्युजिल्यान्ड प्रस्थान गरेकी छिन्।
साम्बा सोमबार राति न्युजिल्यान्ड प्रस्थान गरेकी हुन्। वेलिंगटन फिनिक्स न्युजिल्यान्डमा आधारित भए पनि अस्ट्रेलियाको शीर्ष डिभिजन ए लिगमा खेल्ने क्लब हो। साम्बा सन् २०२५–२६ सिजनका लागि फिनिक्ससँग आबद्ध भएकी हुन्।
यसअघि उनले फ्रान्सको एन अभान्ट गुएङग्याम्पमा दुई सिजन खेलेकी थिइन्। अब भने उनी अस्ट्रेलियाको ए लिगमा नयाँ अनुभव लिन तयारीमा छिन्।
साम्बाले आफ्नो व्यावसायिक करिअर भारतको महिला लिगको सेथु एफसीबाट सुरु गरेकी थिइन्। त्यसपछि उनले इजरायलको हापोयल रनाना हुँदै युरोपियन लिगमा समेत खेल्ने मौका पाएकी थिइन्। त्यसअघि उनले माल्दिभ्समा व्यावसायिक फुटसल खेलेकी थिइन्।
https://www.facebook.com/SabitraSamba/posts/pfbid0tkHHd8bQM2Ln3iTyfPM24ngWtpY5uLUb5D5ostyyrrMpomfSZnNsDv31H8HadDqel