काठमाडौँ। एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत नेपालले आज आयोजक ताजिकिस्तानसँग पहिलो खेल खेल्दैछ। खेल ताजिकिस्तानको दुशान्बेस्थित पामिर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ८ बजे सुरु हुनेछ।
नेपाल समूह ‘के’ मा रहेको छ, जहाँ फिलिपिन्स र सिरिया पनि प्रतिस्पर्धी छन्। कप्तान आयुष घलानको नेतृत्वमा रहेको टोलीमा राष्ट्रिय टिमका कृतिश रत्न छुन्जु र सुमित श्रेष्ठसहितका खेलाडी सहभागी छन्।
नेपालले आगामी खेलमा सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ।