काठमाडौँ। ३१ जनाविरुद्ध दायर नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ आज काठमाडौँ जिल्ला अदालतमा सुरु हुँदैछ।
एमाले नेता टोपबहादुर रायमाझी र धरौटीमा रहेका कांग्रेस नेता बालकृष्ण खाँणसहित ३१ जनाविरुद्ध दायर नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ आज काठमाडौँ जिल्ला अदालतमा सुरु हुँदैछ।
अदालतले साक्षी बयान र प्रमाणसहितको प्रक्रिया पूरा भइसकेपछि मुद्दालाई साप्ताहिक पेशी सूचीमा राखेर अन्तिम बहस अघि बढाउने तयारी गरेको छ। प्रारम्भमा थुनामा रहेका केही अभियुक्त धरौटीमा छुटेका छन् भने केही अझै थुनामै छन्।
मुख्य प्रतिवादीमा पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद शेर्पा र गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई रहेका छन्। २० भन्दा बढी बिचौलियामाथि पनि ठगी, किर्ते र राज्यविरुद्धको अपराधको आरोप छ।
अन्तिम सुनुवाइपछि लामो समयदेखि विवादमा रहेको यो प्रकरण टुंगोमा पुग्ने अपेक्षा गरिएको छ।