काठमाडौँ। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबिच आज एकता हुने भएको छ।
सिनामंगलस्थित नाउपा नेपाल कार्यालयमा दिउँसो १ बजे पार्टी एकताको घोषणा हुने कार्यक्रम तय गरिएको छ।
श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा आन्तरिक विवाद भएपछि चौधरी संरक्षणक रहने गरी नागरिक उन्मुक्ति पार्टी नेपाल गठन भएको थियो।
एकीकृत पार्टीको झन्डा तथा चुनाव चिन्ह नागरिक उन्मुक्ति पार्टी नेपालकै रहने छ।