बेइजिङ। बेइजिङमा सम्पन्न विजय दिवस परेडमा चीनले आफ्नो सैन्य शक्ति भव्य रूपमा प्रदर्शन गरेको छ।
परेडमा आणविक क्षमतायुक्त अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलसहित अत्याधुनिक हतियार प्रस्तुत गरिएका थिए।
कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गर्दै चीन कुनै धम्कीबाट कहिल्यै नडराउने स्पष्ट सन्देश दिएका छन्। सो अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन पनि उपस्थित थिए।
यो परेड चीनमा जापानले आत्मसमर्पण गरेको ८० औँ वर्षगाँठका अवसरमा आयोजित गरिएको हो, जसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य प्रदर्शन मानिएको छ।