काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई बालबालिका घाइते भएका छन्।

बिहान सडक पार गर्ने क्रममा बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोले ठक्कर दिँदा नौ वर्षीय विवेक तामाङ र पाँच वर्षीया आशिका राई घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

विवेकको उपचार अन्नपूर्ण न्युरो अस्पतालमा भइरहेको छ भने आशिकालाई मोडल अस्पतालमा भर्ना गरिएको छ। चालक रामहरि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा संलग्न सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २९ वर्षीय चालक रामहरि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।