काठमाडौँ
००:००:००
१३ पुष २०८२, आईतवार

१३ पुष २०८२
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भएको एकतालाई नेपाली जनताको चाहना र विश्वासको प्रतिफलका रूपमा वर्णन गरेका छन्।

आइतबार बिहान दुई नेताबीच पार्टी एकतासम्बन्धी सहमति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै अर्यालले यस कदमले देशको राजनीतिमा नयाँ ऊर्जा थपिएको बताएका छन्।

शनिबार साँझदेखि करिब १० घण्टा चलेको निरन्तर संवादमा प्रत्यक्ष सहभागी रहेका अर्यालका अनुसार नागरिकहरू लामो समयदेखि रवि र बालेनलाई एउटै राजनीतिक यात्रामा देख्न इच्छुक थिए। उनले उक्त अपेक्षा अब व्यवहारमा रूपान्तरण भएको बताए।

‘जनताको भावना र अपेक्षाअनुसार दुई लोकप्रिय नेता अब एउटै प्लेटफर्ममा आउनुभएको छ,’ अर्यालले उल्लेख गरेका छन्, ‘यो सहमति व्यक्तिगत समझदारीभन्दा माथि उठेर समृद्ध राष्ट्र निर्माणतर्फ जनताले देखाएको भरोसाको संकेत हो।’