काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

१५ पुष २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ९०० रुपैयाँले घटेर दुइ लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ७० हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।