काठमाडौँ। बूढानीलकण्ठ नगरपालिका ७‚ गोल्फुटार चोकमा आज (मंगलबार) भएको मोटरसाइकल दुर्घटना घाइते भएका चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका ३ का २५ वर्षीय अवि श्रेष्ठ रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
सुवेदीले भने, “आज बिहान गल्फुटार चोकस्थित सडकखण्डमा चक्रपथबाट हात्तीगौँडा चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०५२ प. ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको विद्युत्को खम्बामा ठोक्किँदा चालक घाइते भएका थिए। उनलाई त्रिवि शिक्षण अस्पताल पठाइएको र उपचारका क्रममा मृत्यु भएको हो।”
दुर्घटनाका विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।