काठमाडौँ
००:००:००
१६ पुष २०८२, बुधबार

१६ पुष २०८२
अ+
अ-

काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई ४–१ गोलले पराजित गरेको छ।

खेलको ४८औँ मिनेटमा गाब्रिएल मागाल्हेसले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए। ५२औँ मिनेटमा मार्टिन जुबिमेन्डी र ६९औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डले गोल गरेपछि आर्सनल ३-० ले अघि बढ्यो।

७८औँ मिनेटमा गाब्रिएल जेसुसले चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। खेलको अन्तिम समय (इन्जुरी समय) मा एस्टन भिल्लाका ओली वाट्किन्सले एक गोल फर्काए पनि टोलीको हार टार्न पर्याप्त भएन।

यो जितसँगै आर्सनलले १९ खेलबाट ४५ अंक जोडेर पहिलो स्थानमा आफूलाई कायम राखेको छ। दोस्रो स्थानमा भने १८ खेल खेलेको म्यान्चेस्टर सिटी रहेको छ जसको ४० अंक छ। तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको १९ खेलबाट ३९ अंक छ।