जेरुसेलम। इजरायली कब्जा बल (आईओएफ) ले बुधबार कब्जा गरिएको वेस्ट ब्याङ्कमा छापा मारी चार प्यालेस्टिनीलाई पक्राउ गरेको छ।
आईओएफले तीनजना प्यालेस्टिनी युवालाई तुलकार्म प्रान्तको पूर्वमा रहेको काफ्र अल-लाबाद सहरमा उनीहरूको घरमा छापा मारेर पक्राउ गरेको वफा समाचार एजेन्सीले उल्लेख गरेको छ।
आईओएफले बेइट फज्जर सहरमा एकजना प्यालेस्टिनीलाई पक्राउ गर्नुका साथै छिमेकमा अन्य धेरै घरमा छापा मारेको जनाइएको छ।
यी गिरफ्तारीहरू वेस्ट ब्याङ्क भरि आईओएफले गरेको दैनिक छापाको एक हिस्साका रूपमा आएको छ। जसमा प्यालेस्टिनीहरूलाई बारम्बार पक्राउ गरिन्छ र उनीहरूको घरमा छापा मारिन्छ। -रासस/क्यूएनए