काठमाडौँ। गत २३ र २४ भदौको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यमा सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले २५ लाख रुपैयाँ सहयोग गरेको छ।
अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार मेटलाइफले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको हो।
सहयोग रकम कोषमा जम्मा गरी त्यसको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले बिहीबार अर्थमन्त्री रामेश्वर खनाललाई गराए। कोषमा पुर्याएको योगदानका लागि सरकारका तर्फबाट खनालले मेटलाइफ नेपाललाई धन्यवाद दिए।
प्रवक्ता पाण्डेयका अनुसार कोषमा हालसम्म १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ जम्मा भइसकेको छ।