काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। अमेरिकी सरकारले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक हेलिकोप्टर हस्तान्तरण गरेको छ।

आज बिहान जंगीअड्डामा भएको समारोहमा अमेरिकी राजदूत डिन थप्सनले प्रधानसेनापति अशोकराज सिग्देललाई स्काइ ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरेका छन्।

हस्तान्तरण कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राई पनि उपस्थित थिए। मन्त्री राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता,विश्व शान्ति र सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरिन् ।  ती स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।