काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२४ पुष २०८२
अ+
अ-

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ।

सिटी ब्राइटनसँग १-१ बराबरीमा रोकिएको हो। ४१औँ मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत सिटीलाई अग्रता दिलाए। भिएआर समीक्षा पछि सिटीले पेनाल्टी पाएको थियो।

दोस्रो हाफमा ब्राइटनले खेलमा राम्रो पुनरागमन गर्‍यो। ६०औँ मिनेटमा काओरु मितोमाले गोल गर्दै खेल बराबरीमा पुर्याए।

बराबरीपछि सिटीको २१ खेलबाट ४३ अंक भएको छ। दोस्रो स्थानको सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी घटाउन सकेको छैन। एक खेल कम खेलेको आर्सनलको ४८ अंक छ।