काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयको नाम परिवर्तन गरी युद्ध मन्त्रालय बनाउँने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन्।
ह्वाइट हाउसका एक अधिकारीले बिहीबार फक्स न्यूज डिजिटललाई पुष्टि गरे अनुसार ट्रम्पले शुक्रबारै रक्षा मन्त्रालयको नाम परिवर्तनलाई कार्यान्वयन गर्न चाहेका छन्।
ट्रम्पको कार्यकारी आदेशसंगै रक्षामन्त्री हेगसेथलाई स्थायी रूपमा अमेरिकी युद्ध मन्त्रालय नाम राख्न विधायीक र कार्यकारी दुवै कार्यहरू प्रस्ताव गर्न निर्देशन दिनेछ।
आदेश कार्यान्वयन गर्न पेन्टागनमा सार्वजनिक वेबसाइटहरू, कार्यालयका बोर्डहरु, लेटर हेड लगायत धेरै बिषयहरु परिमार्जनहरू गर्न आवश्यक पार्नेछ।
ट्रम्पले हालैका दिनहरूमा रक्षा मन्त्रालयको नाम परिवर्तन गर्ने संकेत गर्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए। उनले युद्ध मन्त्रालय नाम हुँदा विजयको अविश्वसनीय इतिहास बनाएकाले नाम परिर्तन गनुपर्ने आशय राखेका थिए।
उनले पहिलो र दोस्रो विश्वयुद्ध पेन्टागनबाट नभइ युद्ध मन्त्रालयबाट जितेकाले नाम युद्ध मन्त्रालय बनाउँनुपर्ने बताएका थिए। अमेरिकी रक्षा मन्त्रीले पनि ट्रम्पको संकेतसंगै योद्धाको नैतिकता पुनर्स्थापित गर्न र शत्रुमाथि घातक देखीन युद्ध मन्त्रालय नाम राख्न लागिएको संकेत गरेका छन्।
अमेरिकाले सन् १९४९ सम्म आफ्नो रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालय राखेको छ पछि उक्त नाम परिवर्तन गर्दै रक्षा मन्त्रालय बनाइएको थियो।