काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दुई छिमेकी देशहरू बीचको लामो समयदेखिको मित्रतालाई थप घनिष्ठ बनाउँने प्रतिबद्धता व्यक्त गरेका छन्।
दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० वर्ष पुगेको अवसरमा बेइजिङमा आयोजित सैन्य परेडमा सहभागी भएपछि बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको वार्तामा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देश जस्तोसुकै अबस्थामा पनि चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा उभिने बताए।
किमको भनाई उद्यृत गर्दै उत्तर कोरियाली संचार संस्थान केसीएनले जनाएअनुसार बैठकमा उच्चस्तरीय आदानप्रदान र रणनीतिक सञ्चारलाई सुदृढ पार्न, पार्टी र राज्य शासनमा अनुभवको आदानप्रदानलाई गहिरो बनाउने, दुई पार्टी र दुई देशहरू बीच विभिन्न स्तरमा आदानप्रदानलाई सुदृढ पार्न र पार्टी निर्माण, आर्थिक विकास र अन्य क्षेत्रहरूमा अनुभव साझेदारी गर्ने सहमति भएको छ।