काठमाडौँ। पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जलपान कार्यक्रम आयोजना गरेको छ।
जलपानसँगै राप्रपाले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ। रक्तदानमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले रक्तदान गरे।
विसं १७७९ मा जन्मिएका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदै छ । राप्रपाले गरेको चियापान समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरिएको छ ।
त्यसअघि पृथ्वीनारायणको ३०४औँ जन्मजयन्तीका अवसरमा रामचन्द्र पौडेलले राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरेका थिए।
सोही कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले पनि पृथ्वीनारायणको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी थिइन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, मन्त्रीगणलगायतको उपस्थिति थियो।
हेर्नुहोस् राप्रपाले गरेको जलपान तथा रक्तदान कार्यक्रमका थप तस्बिर :
