काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२९ पुष २०८२
अ+
अ-

चितवन। जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन्। तीमध्ये ११ जना भारतीय छन्।

यस कारागारबाट २५ भदौमा चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए। तीमध्ये ६२७ जना फर्किएका छन्। सम्पर्कमा नआएकालाई प्रहरीले खोजी गरेर ल्याउने गरेको छ। कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म प्रहरीले ६९ जनालाई नियन्त्रणमा लिएर कारागारमा बुझाएको छ।

सम्पर्कविहीन भएकाहरूको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरूमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए। यसरी सम्पर्कविहीन भएकाहरूमा धेरै लागुऔषध र जबरजस्ती करणीका रहेको उनले जानकारी दिए। फरार भएकामध्ये दुर्लभ एकसिङ्गे गैँडा चोरी सिकारीका समेत छन्।

कारागार कार्यालयले २० असोजसम्म कारागार कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको थियो। कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो। फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उनले बताए।