काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशनले ३५ जना खुला केन्द्रीय सदस्य चयन गरेको छ। विशेष महाधिवेशनले बुधबार राति गगनकुमार थापाको सभापतित्वमा १३४ सदस्यीय अन्तरिम कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल छन्। शर्मा थापानिकट हुन् भने भुसाल संस्थापन पक्षबाट विद्रोह गरेर विशेष महाधिवेशनमा आएकी हुन्।
महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्। पौडेल थापानिकट थिए। घिमिरे भने वरिष्ठ नेता शेखर कोइरालानिकट हुन्। उनी कोइराला समूहमा विद्रोह गरी विशेष महाधिवेशनमा खुलेका थिए।
आठ सह-महामन्त्रीमा डिला संग्रौला‚ प्रकाश रसाइली स्नेही‚ बहादुरसिंह लामा‚ उदयशमशेर राणा‚ मुक्ताकुमारी यादव‚ फरमुल्लाह मन्सुर‚ योगेन्द्र चौधरी र कर्णबहादुर बुढा चयन भएका छन्।
विशेष महाधिवेशनले प्रदेशस्तरीय केन्द्रीय सदस्य चुनेको छ। कोसी प्रदेशबाट महिला केन्द्रीय सदस्य शारदादेवी कोइराला‚ दुई केन्द्रीय सदस्य पुरुष हिमालय कर्माचार्य‚ अगेनि पौडेल‚ मधेस प्रदेश महिला सदस्य मधु शाही‚ पुरुषतर्फ रामानन्द यादव र बजरंग नेपाली चयन भएका छन्।
बागमती प्रदेश केन्द्रीय सदस्य महिलामा उमा दाहाल‚ दुई सदस्य पुरुष जितनारायण श्रेष्ठ र रमेश धमला चयन भएका छन्।
गण्डकी प्रदेश महिलातर्फ विष्णुदेवी पाण्डे‚ पुरुषतर्फ रेशम बानियाँ‚ कृष्ण केसी चयन भएका छन्।
लुम्बिनी प्रदेशमा महिलातर्फ पवित्राकुमारी अर्याल‚ पुरुषतर्फ केशव आचार्य र रामबहादुर कार्की छन्। कर्णाली प्रदेश महिलातर्फ रामदेवी खड्का‚ पुरुषतर्फ दिक्पाल शाही र नारायण भट्टराई चयन भएका छन्। सुदूरपश्चिममा महिलातर्फ निपा चोख्याल तथा पुरुषतर्फ हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट चयन भए।
अपाङ्गतातर्फ प्रकाश पन्थ‚ अल्पसंख्यकमा शिवनारायणसिंह गनगाईं‚ दलित चार सदस्य सीता मिजार‚ छाया सुनार‚ गंगा सुनार‚ लीला नेपाली चयन भएका छन्।
केन्द्रीय सदस्य दलित खुलामा मैकुलाल वाल्मीकि‚ शिवबहादुर सुनार‚ धर्म नेपाली दर्जी‚ सूर्य विक र दिनेश सुनार चयन भएका छन्।
आदिवासी जनजाति सात महिला केन्द्रीय सदस्यमा सपनाराज भण्डारी‚ प्रमिला राई‚ मनकुमारी गुरुङ‚ कुशुमदेवी थापामगर‚ लीलादेवी बोखिम लिम्बू‚ अमिता प्रधान र छिन्दुल्होमू शेर्पा चयन भएका छन्।
केन्द्रीय सदस्य आदिवासी जनजाति खुला सात केन्द्रीय सदस्यमा तारामान गुरुङ‚ अष्टकुमार कवे‚ छन्दबहादुर पहराई मगर‚ नगेन्द्र कुमाल‚ शम्भुलाल श्रेष्ठ‚ भीम मिश्र‚ नरेन्द्र केरुङ र दीपन श्रेष्ठ चयन भएका छन्।
यसैगरी ६ जना खस आर्य केन्द्रीय महिला पदमा उमा शिवाकोटी‚ बाला अधिकारी‚ मुना भुसाल‚ इन्दिरा कार्की‚ विनीता खड्का र सम्झना खत्री चयन भए।
केन्द्रीय सदस्य खस आर्य खुला सात पदमा विजय स्वार‚ मथुरा घिमिरे‚ जगदीशचन्द्र उपाध्याय‚ विष्णुकुमार कार्की‚ विश्वनाथ रिजाल‚ केशव भेटुवाल र कमल भुसाल चयन भएका छन्।
केन्द्रीय सदस्य मधेसी महिला चार पदमा अञ्जु झा‚ चन्द्रकलाकुमारी यादव‚ गोमा अन्सार र नीलम साह चयन भएका छन्। केन्द्रीय सदस्य मधेसी खुला पाँच पदमा रामपल्टन शाह‚ नागेन्द्र साह‚ राधेश्याम पाठक‚ सुनीलकुमार यादव र रामरुपप्रसाद चयन भएका छन्।
केन्द्रीय सदस्य महिला एक पदमा सनम बेगम‚ मुस्लिम केन्द्रीय सदस्य खुला दुई पदमा अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार चयन भएका छन्।
थारू महिला दुई केन्द्रीय सदस्यमा नवोदिता चौधरी र सुनीता राना चयन भएका छन्। थारू खुला सदस्यमा सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित चयन भएका छन्। पिछडिएको एक केन्द्रीय खुला सदस्यमा दीपकजंग शाह चयन भएका छन्।
हेर्नुहोस् नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूको नाम र पद :