काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
अ+
अ-

काठमाडौं। अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यसबारे जानकारी दिएका हुन्। रास्वपामार्फत आफूले नयाँ राजनीतिक अध्यायको सुरुवात गर्न लागेको उनले बताएका छन्।

सिंह माघ ५ गते जनकपुरधाममा हुने रास्वपाको कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गर्नेछन्। आफ्नो स्ट्याटसमा उनले माता सीताको जन्मस्थल जनकपुरधामबाट नयाँ राजनीतिक यात्रा सुरु गर्न लागेको उल्लेख गरेका छन्।

देश र मधेसमा विद्यमान भ्रष्टाचार र कुशासनविरुद्ध स्वतन्त्र रहँदा उठाउँदै आएको आवाज अब रास्वपामार्फत अझ बुलन्द हुने उनले बताएका छन्।