काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

५ माघ २०८२
अ+
अ-

काठमाडौँ। आगामी निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच यसपटक पनि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ।

०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचन जितेका नेपालले यसपटक पनि निर्वाचन लड्न रौतहट १ नै रोजेका छन्। रौतहट नेपालको गृहजिल्ला हो। गत निर्वाचनमा पनि रौतहट १ मा नेपालको प्रतिस्पर्धा एमाले नेता गुप्तासँगै भएको थियो।

त्यतिबेला नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा गुप्ताले २६ हजार ९२२ मत ल्याएका थिए।

आफ्नो गढ जोगाउने दाउमा रहेका नेपाल र अघिल्लो हारको बदला लिने तयारीमा रहेका गुप्ताबीचको यो भिडन्तलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। निर्वाचनको मिति नजिकिएसँगै दुवै पक्षले आफ्नो चुनावी अभियानलाई तीव्रता दिन थालेका छन्।