काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ भाद्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

ललितपुर। ललितपुरको हरिसिद्धि क्षेत्रमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन्।

हरिसिद्धि सडकको उकालोमा बालकलाई गाडीले ठक्कर दिएको हो। ठक्करबाट घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पुर्‍याइएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा अवरोध गर्दै विरोध गरेका छन्। जसका कारण गोदावरीमा जारी एमालेको दोस्रो विधान अधिवेशनमा पुग्ने मुख्य मार्ग केही समयका लागि अवरुद्ध भएको छ।