काठमाडौँ। ललितपुरको हरिसिद्धीमा मन्त्री रामबहादुर मगर सवार गाडीले ठक्कर दिँदा घाइते भएकी बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन्।
शनिबार बिहान सवा ७ बजे हरिसिद्धी माध्यमिक विद्यालय नजिकै मन्त्री सवार सरकारी गाडी (१ झ ६९९) ले बालिकालाई ठक्कर दिएको थियो। घटनापछि उषालाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो।
गाडीको ठक्करबाट घाइते भएकी ललितपुर महानगरपालिका २८ डेरा गरी बस्ने ११ वर्षीया बालिकालाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो।
प्रहरीका अनुसार बालिकाको गाला र घुँडामा चोट लागेको थियो।