१० माघ २०८२
तस्बिर : पुष्पकमल दाहालको सचिवालय
अ+
अ-

काठमाडौँ। लेखक एवं राजनीतिक विश्लेषक दीपककुमार (युग) पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नेकपा संयोजक पुष्पकमल दाहालको निवास पुगेर पाठकले शनिबार पार्टी प्रवेश गरेका हुन्।

दाहालको सचिवालयका अनुसार पाठकलाई सह-संयोजक माधवकुमार नेपाललगायत नेताले खादामालासहित पार्टीमा भित्र्याए। त्यसअवसरमा दाहालले पार्टीमा पाठकलाई भित्र्याउन पाउँदा आफूलाई खुसी भएको बताए। सह-संयोजक नेपालले पार्टीभित्र पाठकको उपस्थिति सशक्त र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे।

त्यसअवसरमा दाहाल‚ नेपालसँगै वेदुराम भुसाल‚ प्रमेश हमाल‚ पम्फा भुसाल‚ रञ्जिता श्रेष्ठ‚ गंगा दाहाललगायत उपस्थित थिए।

पाठक अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीविरुद्ध झापा ५ बाट चुनाव लडेका थिए। उनले ३५६ भोट मात्र पाएका थिए। उनको उर्गेनको घोडा र मांगेना पुस्तक चर्चित छन्।