१० माघ २०८२
कुलप्रसाद केसी‚ हरिबोल गजुरेल‚ धर्मनाथप्रसाद साह र मेजर राई। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सात जना नेतालाई कारबाही (निष्कासन) गरेको छ।

नेकपा संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै पार्टीका सात नेतालाई अनुशासनको कारबाही स्वरूप निष्कासन (आउट) गरेको छ।

“आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक‚ समर्थक तथा प्रचारक बनेका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ‚” विज्ञप्तिमा भनिएको छ।

नेकपामा अनुसार कारबाही पर्नेमा हरिबोल गजुरेल सिन्धुली‚ महेश्वर दाहाल सिन्धुली‚ कुलप्रसाद केसी दाङ‚ मेजर राई उदयपुर‚ धर्मनाथ साह सिरहा‚ राजकुमारी साह सिरहा र जिवछ साह सिरहा छन्।