आईसीसी महिला टी-ट्वेन्टी विश्वकप ग्लोबल छनोट

१० माघ २०८२
जितपछि नेपाली क्रिकेट टिमका खेलाडी। तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ। पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो।

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन्। उनले ५० बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाएकी हुन्।

कप्तान इन्दु बर्माले २२‚ विन्दु रावलले १५ तथा सीता रानामगरले ११ रनको योगदान गरेका थिए।

प्रतियोगितामा जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक-एक विकेट लिएका थिए।