काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
गगन थापा।
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही पुग्दै छन् । सचिवालयका अनुसार थापा बिहान साढे १० बजे सिमरा हुँदै सर्लाही जाने कार्यक्रम रहेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार रहेका थापा उम्मेदवारी दर्तापछि पहिलो पटक आफ्नै निर्वाचन क्षेत्रमा जान लागेका हुन् । उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए ।

सर्लाही पुगेपछि थापाले बागमती पुल नजिकको कर्मैया क्षेत्रमा स्थानीय नेता, कार्यकर्ता तथा सरोकारवालासँग राजनीतिक भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ ।