काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

१३ माघ २०८२
अ+
अ-

काठमाडौँ। हिमालयन तेक्‍वान्दोले कार्यक्रमसहित दोस्रो र तेस्रो ब्याजका प्रशिक्षार्थीलाई ब्ल्याक बेल्ट, प्रमाण पत्र एवं ब्याच वितरण गरी आफ्नो दशौँ वार्षिक उत्सव मनाएको छ।

सेन्ट अल्बर्ट कम्युनिटी हलमा सम्पन्न भएको कार्यक्रममा २५० भन्दा बढीको उपस्थिति थियो। कार्यक्रममा हिमालयन तेक्‍वान्दोका प्रशिक्षक एवं सञ्चालक राजु गड्तौलाले हाल ९० नेपाली बालबालिकालाई प्रशिक्षण प्रदान गरिरहेको बताएका छन्। कार्यक्रममा अभिभावक कृष्ण निरौलाले विदेशमा रहेर पनि दक्ष एवं अनुभवी नेपाली प्रशिक्षकबाट प्राप्त ज्ञानले बालबालिकाको शारीरिक एवं मस्तिष्क विकासमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

सात प्रशिक्षार्थीलाई ब्ल्याक बेल्ट
कार्यक्रममा तेक्‍वान्दो प्रशिक्षार्थी भविश लामिछाने, एरिक पौडेल, प्रियल गुरुङ, आरम्भ खरेल, विवेक तिमिल्सेना, आयुष ओझा र आर्यन भट्टराईलाई एडमन्टनमा रहेका ज्येष्ठ बुबाआमाबाट प्रमाणपत्र, ब्याच र ब्ल्याक बेल्ट प्रदान गरिएको थियो। कार्यक्रममा प्रशिक्षक गड्तौलालाई पनि सम्मान गरिएको थियो।