काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

डोल्पा। डोल्पामा सालनाल अड्किएर जटिल अवस्थामा परेकी सुत्केरीको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

राष्ट्रपति सुत्केरी उद्धार कोषअन्तर्गत बुधबार दिउँसो ठुलीभेरी नगरपालिका ९ की ३० वर्षीया विष्णुकुमारी डाँगीको उद्धार गरिएको हो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल (ढकाल) को पहलमा हेलिकोप्टरको व्यवस्था गरी सुत्केरीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

जिल्ला अस्पताल डोल्पाका चिकित्सक तुलसी शाहका अनुसार सुत्केरी भएपछि बिहानसम्म सालनाल अड्किएर गम्भीर समस्या देखिएपछि पठाउनुपरेको हो।

पाठेघरको शल्यक्रिया गरी सालनाल निकाल्नुपर्ने जटिल अवस्था आएपछि जिल्लामा सम्भव नभएकाले थप उपचारका लागि पठाइएको शाहले जानकारी दिए। समयमै हेलिकोप्टरद्वारा उद्धार सम्भव भएकाले सुत्केरीको ज्यान जोखिममुक्त छ।