काठमाडौँ
००:००:००
१५ माघ २०८२, बिहीबार

१५ माघ २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनका लागि आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन्।

दाङको दीर्घकालीन र समग्र विकासलाई केन्द्रमा राखेर एजेण्डा तय गरिएको उल्लेख गर्दै पोखरेलले आफूले सुरु गरेका र अधुरा रहेका विकास योजनालाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने वाचा पूरा भइसकेको स्मरण गराउँदै उनले संघीयता कार्यान्वयनका क्रममा संस्थापक मुख्यमन्त्रीका रूपमा दाङको पूर्वाधार विकासका लागि आधार तयार गरिएको दाबी गरे।

पोखरेलले अवसरमा दाङवासीको शिर उचाल्ने काम गरेको र राजनीतिक पराजयका बेला पनि जिल्लाप्रति समर्पित रहँदै सेवा जारी राखेको बताए। अब राष्ट्रको नेतृत्वदायी भूमिकामा दाङलाई अगाडि बढाउने समय आएको उल्लेख गर्दै उनले सुरु भएका ठूला योजनालाई सम्पन्न गर्ने र नयाँ विकास परियोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

पोखरेलका प्रमुख चुनावी एजेण्डा यस्ता छन् :

  • लमही–घोराही–तुल्सीपुर चार लेन सडक निर्माण सम्पन्न

  • ३५० बिघा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ४०० शय्याको नयाँ अस्पताल भवन

  • त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन

  • गुहारखोला हाइड्याम तथा नहर प्रणालीको विकास

  • तुल्सीपुर विमानस्थल विस्तार गरी ७२ सिटे जहाज उडान–अवतरण योग्य बनाउने

  • ग्रामीण सडक कालोपत्रे तथा शहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण

  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार

  • स्वास्थ्य बीमाको पहुँच विस्तार

  • कृषिको आधुनिकीकरण र व्यवसायीकरण

  • युवाका लागि बिना धितो सहुलियत ऋण

  • नयाँ लगानीकर्तालाई आयकर छुट र सिँचाइ सुविधा विस्तार

  • घोराही–बंगलाचुली खानी क्षेत्र जाने सडक ढलान