काठमाडौँ
००:००:००
१५ माघ २०८२, बिहीबार

१५ माघ २०८२
अ+
अ-

काठमाडौँ। पोखरामा जारी छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फ थाइल्यान्ड क्विन्स तेस्रो बनेको छ।

पोखरामा बिहीबार महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा थाइल्यान्डले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो। पहिलो सेट २३-२५ अंकले गुमाएको थाइल्यान्डले त्यसपछिका दुई सेट लगातार आफ्नो पक्षमा पार्‍यो।

थाइल्यान्डले दोस्रो सेट २५-११ अंक र तेस्रो सेट २५-९ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भने गुमाउन पुग्यो। चौथो सेट २३-२५ अंकले गुमाएको थाइल्यान्डले पाँचौँ सेट भने १५-११ अंकले आफ्नो पक्षमा पार्दै तेस्रो भएको हो।

तेस्रो बनेसँगै थाइल्यान्डले दुई लाख ६ हजार ६६६ रुपैयाँ हात पारेको छ। महिलातर्फको उपाधिका लागि भोलि (शुक्रबार) न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा १७ माघसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ पाँच टोली सहभागी छ।