काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु भएको छ।

मेलबर्नको उत्तरी क्रेगीबर्न नजिक ह्युम हाइवेमा भएको दुर्घटनामा अलफ्रेड अस्पतालमा कार्यरत सरला खड्का र अरिजा सुवालको मृत्यु भएको हो।

क्रेगीबर्नकी ३० वर्षीया सरलाको घटनास्थलमै मृत्यु भयो भने थमास्टाउनकी ३० वर्षीया अरिजालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको पनि निधन भएको थियो। 

स्थानीय प्रहरीले जनाएको अनुसार उनीहरू साथीहरूसँग जन्मदिन मनाएर घर फर्किँदै गर्दा कार दुर्घटनामा परेको थियो। दुर्घटनाको बेला उनीहरूले घाइते कंगारुलाई सहयोग गर्न गाडी रोकी सडकमा ओर्लिएका थिए। तर, खराब दृश्यता र मौसमका कारण पछाडिबाट तीव्र गतिमा आएको अर्को सवारीले ठक्कर दिंदा दुर्घटना भएको बताइएको छ।