काठमाडौँ
००:००:००
२३ माघ २०८२, शुक्रबार

२३ माघ २०८२
अ+
अ-

काठमाडौं। काठमाडौंको हाडीगाउँमा रहेको प्रसिद्ध ऐतिहासिक सम्पदास्थल मध्ये एक गहना पोखरीको अहिले धमाधम पुनर्निर्माण चलिरहेको छ।

सम्पदा क्षेत्र संरक्षण र सहरी विकास कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाको पहलमा यहाँ पुनर्निर्माणको काम भइरहेको छ।

क्षमा पूजा गरी काठमाडौं महानगरपालिकाको पहलमा पोखरी र आसपासको क्षेत्रको संरचनाको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ। करिब ५२ देखि ५५ लाख खर्च गरेर यस पोखरीलाई पुरानै शैलीमा निर्माण गरिनेछ।

साथै फुटपाथ अलि ठूलो बनाउने, फाल्चा बनाउने, बालमैत्री क्षेत्र र हरियाली क्षेत्र बढाउने सहितका पर्यटक सहायताका केन्द्र स्थापना लगायतका काम भइरहेका छन्।