काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेनजी आन्दोलनकारीहरूले सोमबार संसद् भवनका तीनै गेट घेराउ गरेका छन्।

सरकारविरुद्ध प्रश्न उठाउँदै सडकमा ‌ओर्लिएको जेनजीको भिडले काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको तीनवटै गेट अगाडिको सडक कब्जा गरेका हुन्।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन निषेधित क्षेत्र पार गर्दै नयाँ बानेश्वरस्थित संसद् भवनसम्म पुगेपछि सुरक्षाकर्मीलाई नियन्त्रण गर्न कठिन भएको छ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध उठेको यो आन्दोलन राजधानीसँगै देशका अन्य मुख्य शहरमा पनि फैलिएको छ।