२४ माघ २०८२
अ+
अ-

काठमाडौं । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ।

मोरङको विराटचोकमा शुक्रबार नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला एसपी घिमिरे अचानक बेहोस भएका थिए । बैठकस्थलमै ढलेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो ।

चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा राति ८ बजेर ५२ मिनेटमा उनको निधन भएको हो। प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा उनलाई उच्च रक्तचाप देखिएको थियो।