काठमाडौँ। रुसी सैन्य जनरललाई गोली प्रहार गर्ने सन्दिग्ध दुबईबाट पक्राउ परेका छन्।
रुसमा सञ्चालित सञ्चारमाध्यमले एक वरिष्ठ जनरललाई आक्रमण गर्ने आशंकामा बन्दुकधारीलाई दुबईमा हिरासतमा लिइएको उल्लेख गरेको छ।
सैन्य गुप्तचर विभागका उपप्रमुख भ्लादिमिर अलेक्सेभलाई शुक्रबार मस्कोमा गोली हानी घाइते बनाएको थियो।
रुसी सुरक्षा सेवाले मुख्य सन्दिग्ध, एक रूसीलाई यूएईका अधिकारीको सहयोगमा पक्राउ गरिएको हो। सन्दिग्धलाई सुपुर्दगी गरिने तयारी भइरहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ।
रुसी सुरक्षा सेवाका अनुसार सन्दिग्धका एक सहयोगीलाई पनि मस्कोमा हिरासतमा लिइएको छ। क्रेमलिनले गोली प्रहार गरेको युक्रेनलाई दोष लगाएको छ। युक्रेनले भने यसलाई अस्वीकार गरेको छ।