काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास ठप्प भइरहेका बेला, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउन ह्वाइट हाउस तयार रहेको बताएका छन्।

ट्रम्पले आइतबार न्यूयोर्क प्रस्थान गर्नु अघि सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा “हो, म तयार छु” भन्नुभएको भए पनि प्रतिबन्धको विस्तृत विवरण खुलाउनुभएको छैन।

गत साता एउटा प्रमुख समाचार संस्थाले राष्ट्रपति कार्यालयका दुई वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै भने अनुसार ट्रम्पले युक्रेन–रूस द्वन्द्व चाँडै सकिने सम्भावनामा आशावादी नभएको र दुबै राष्ट्रका नेताबीच प्रत्यक्ष वार्ता शीघ्र सम्भव नहुने धारणा व्यक्त गरेका छन्।

यसैबीच, आइतबार बिहान रूसले युक्रेनको राजधानी किएभमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ, जसले सरकारी प्रशासनिक भवनमा क्षति पुर्‍याएको छ।

युक्रेनी प्रधानमन्त्री युलिया स्विरिदेन्कोले यो युद्ध सुरु भएयता पहिलोपटक राजधानीको मुख्य सरकारी भवनमा क्षति पुगेको बताए। ह्वाइट हाउसले घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक परे थप कडा कदम चाल्न सक्ने संकेत दिएको छ।