सुनसरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन्।
उनले १४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरेका छन्।
उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरिन्। सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन भए।
यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर्य ११२, रेणुका हरिजन १०९ तथा गोकुल थापा १०७ मतसहित निर्वाचित भए।